पौष २८, सोलुखुम्बु । हिउँका कारण जिल्लाको लिखुपिके गाउँपालिकाबाट सदरमुकाम सल्लेरी आउने बाटो अबरुद्ध भएको छ । केही दिन अगाडी देखि भकान्जे माथि लामाजुरा क्षेत्रमा परेको हिउँका कारण सदरमुकाम आउने सडक मार्ग अबरुद्ध बनेको हो । बाटोमा बाक्लो हिउँ जमेका कारण गाडी गुडाउन समस्या भएको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताउनु भयो ।
समुन्द्रि सतहबाट ३५ सय मिटर उचाईमा रहेको लामाजुरा क्षेत्रमा परेको हिउँ नपग्लिँदा गाडी दौडाउनै मुस्किल परेको पालिका अध्यक्ष कार्कीले बताउनु भयो । हिउँकै कारण आफु सल्लेरीमा वित्त आयोगले गरेको कार्यक्रममा सहभागि हुन नसकेको अध्यक्ष बस्नेतको भनाई छ ।
लिखुपिकेको केन्द्र चौलाखर्कबाट भकान्जेको शिरसम्म मात्रै गाडी सहज रुपमा आवत जावत हुने गरेको गाउँपालिकाले जनाएको छ । साथै यता सल्लेरीबाट लाम्जुरा डाँडामा पनि सवारी साधान वारपार गर्न मुस्किल रहेको मोटरसाईकल चालक भोजराज बस्नेतले बताए । दिउसो मौसममा सुधार आएर घाम लागे पनि घना जंगल भएका कारण हिउँ नपग्लिँदा सवारी आवागमनमा समस्या परेको हो ।
Discussion about this post