पौष २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको १५ औं अधिवेशनको मिति तोकिएको छ । शनिबार नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णय अनुसर आउँदो माघ २८ गतेका लागि अधिवेशनको मिति तोकेको हो ।
नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाका अनुसार आजको बैठकले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता सो मूल्याङकन प्रारम्भिक प्राप्त अंक ९७.७५ र वितिय जोखिम मूल्यांङकन प्रारम्भिक प्राप्त ९९ अनुमोदन गर्ने निर्णय गरेको छ । यस्तै सेफ हाउस सञ्चालन कार्यविधि २०८१, कुकुर बन्धाकरण तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यक्रम कार्यविधि २०८१ र उपभोक्ता समिति दर्ता सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको नगरपालिकाले जनाएका छन् ।
Discussion about this post