माघ १, सोलुखुम्बु । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको १५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । पिके सोलुखूम्बू टाप्टिङ समाज सेवा काठमाडौंले आयोजनामा पुष २१ गते देखि सञ्चालित तालिम सोमबार सम्पन्न भएको हो ।
समाजका युवा वर्गलाई उद्घोषण सम्बन्धी तालिम प्रदान गरी उनीहरूको सिपमा वृद्धि विकास गर्ने र समाज तथा राष्ट्रको विकासका लागि योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाका अनुसार कक्षा ११ र १२ सकेर बसेका विद्यार्थी तथा तालिम पश्चात संस्थालाई सहयोग गर्न सक्ने व्यक्तिहरूलाई विशेष ग्राहयता दिइएको छ । पैंयाटारमा १२ जनाको सहभागीता रहेको तालिमको योहो टलिभिजनका सञ्चारकर्मी निम्लेकी शेर्पाले सहजिकरण गर्नुभएको थियो ।
Discussion about this post