माघ १, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ मा ख्याम्पु मगर सेवा समाजको प्रशासनिक भवन उदघाटन गरिएको छ । माघि पर्वको अवसरमा मंगलबार गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राईले एक साथ उदघाटन गर्नुभएको छ । उदघाटन कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष धनजन राईले मगर समुदायले आफ्नो धर्म, संस्कृतिको जगेर्नाका चालेको कदम प्रशंसनिय रहेको बताउनुभयो ।
यस्तै पालिका उपाध्यक्ष विना राईले माघे संक्रान्तिको सम्पुर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । स्थानीय सरकार सँग न्यून मात्रामा बजेट हुने भएकाले सबै क्षेत्रमा विकासको काम गर्न हम्मेहम्मे पर्ने गरेको र नागरिकहरुको साथमा भने पालिका सदैव रहिरहने बताउनुभयो । यता वडा नम्बर १ का वडा अध्यक्ष रमेश कुमार राईले जुनसुकै समुदायका नागरिक भएता पनि संस्कार संस्कृति जगेर्नाका निम्ति आफु लागि परिरहने उल्लेख गर्नभयो । ख्याम्पु मगर सेवा समाजका अध्यक्ष होम बहादुर राणा मगरले भवन निर्माणपछि गोष्ठि, बिबाह, पाटी, भोज, तालिम आदि गर्न पाउने बताउदै भवन निर्माणका लागि योगदान पुर्याउने सम्पुर्णमा आभार प्रकट गर्नुभयो ।
Discussion about this post