माघ १, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ ४ स्थित निर्माणाधीन मकालु एपेक्स हाइड्रोपावरमा ब्लास्टिङ गर्ने क्रममा तीन जना मजदुर घाइते भएका छन् । सोमबार राति ८ : ५० बजेको समयमा ब्लास्टिङ गरिएको र बिहान हेर्न जाने क्रममा पड्किएर मंगलबार बिहान ९ बजे मजदुरहरु घाईते भएको सोहि हाइड्रोपावरका ईन्जिनियर नितेश सुवेदीले जानकारी दिनुभयो ।
घाईते हुनेहरुमा नवलपरासी बर्दाघाटका राजेन्द्र विश्वकर्मा, रुकुम आठबिसकोटका हरिसचन्द्र बोहरा र सोही ठेगानाका नरबहादुर मगर रहेका छन् । उनीहरुलाईको अनुहार र शरिरका विभिन्न भागहरुमा चोट लागेको छ, भने सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरि हाल केएमसी अस्पतालमा उपचार भइरहेको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
Discussion about this post