माघ १, सोलुखुम्बु । खालिङ भाषाको गीत नु (मन)को भाग २ लोकार्पण गरिएको छ । उर्मिला खालिङको गीत, निर कुमार खालिङको संगीतमा तयार भएको गीतको माघे सक्रांतिको अवसरमा लोकार्पण गरिएको हो । गीतमा हेमन्त खालिङ र उर्मिला खालिङले आवाज रहेको छ ।
नवदुर्गा पार्टी प्यालेस सुकेधारामा कार्यक्रमको आयोजना गरी रक्षामन्त्री मानवीर राईले लाकार्पण गर्नुभएको जनाइएको छ । कलाकारिताको क्षेत्रबाट किरात खालिङहरुको भाषा, भेषभूषा, सांस्कृतिक पहिचानलाई संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ नु (मन) गीत र भिडियो निर्माण गरिएको हो ।
खालिङ समुदायको संस्कार, संस्कृतिमा आधारित म्यूजिक भिडियो माया प्रेममा आधारित रहेको छ । गीतको छायांकन सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाका विभिन्न स्थानमा गरिएको थियो ।
Discussion about this post