माघ २, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ गैरिबारीमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । साँझ ६ ः १५ बजे मुक्ति बास्तोलाको ढुगां माटोले बनेको टिनको छानो भएको ३ तले घरमा आगलागी उक्त करिब २४ लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । आगलागीको खबर पाएँलगतै इलाका प्रहरी कार्यालय नेचाबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थल गई स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
Discussion about this post