माघ ४, सोलुखूम्बु । नेपाल पत्रकार महांसघ सोलुखुम्बुको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । शुक्रबार नेपाल पत्रकार महांसघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालको अध्यक्षतामा बसेको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको हो । बैठकबाट विभिन्न ११ वटा निर्णयहरु पारित गरिएका छन् । सम्पन्न बैठकले सफलतापुर्वक कार्यकाल सम्पन्न गरेका निर्वतमान जिल्ला कार्यसमिति र पाचौ जिल्ला अधिवेशन सम्पन्न गराउने निर्वाचन मण्डललाई धन्यवाद ज्ञापन गर्ने, खोज पत्रकारिता तालिम सञ्चालन गर्ने, त्रैमासिक रुपमा भौतिक रुपमा बैठक बस्ने, जिल्ला शाखाका सबै पदाधिकारी र सदस्यलाई महांसघको लोगो अंकित ज्याकेट र परिचयपत्र वितरण गर्ने, सूचना आदानप्रदानका लागि जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयसँग समन्वय गर्ने र महांसघलाई थप व्यवस्थीत गर्नका लागि निर्वतमान अध्यक्ष नुतन श्रेष्ठको संयोजकत्वमा सदस्यहरु भानुभक्त निरौला, मनोज कुमार श्रेष्ठ, डिवि खालिङ र नारायण कुमार श्रेष्ठलाई सल्लाहारका समितिमा मनोनित गर्ने निर्णय गरेको छ ।
Discussion about this post