जेठ ६, सोलुखुम्बु । यस सिजनको सगरमाथा आरोहण निरन्तर भइरहेको जनाइएको छ । गत जेठ २ गते मौसम सामान्य बिग्रिएपछि रोकिएको आरोहण यतिखेर भने भइरहेको पर्यटन विभागले जनाएको छ । यस वर्षको सगरमाथा आरोहणका लागी अनुमति लिएका मध्ये १ सय को हाराहारीमा आरोहीहरू सगरमाथाको चुचुरोमा पुगिसकेको विभागले जनाएको छ ।
यो सिजनमा सगरमाथा आरोहणका लागी ४१ आरोहण दलका ३ सय ३९ पुरुष र ७५ जना महिला गरि जम्मा ४ सय १९ जनाले अनुमति लिएका थिए । उनिहरु मध्ये आरोहणका लागी गएका २ जनाका मृत्यु भइसकेको छ । उनीहरूको सगरमाथाको आरोहण गरेर फर्कने क्रममा मृत्यु भएको विभागका निर्देशक गुरुङले बताउनुभएको छ ।
पर्यटन विभाग फिल्ड कार्यालय नाम्चेका अनुसार अहिले बेसक्याम्प क्षेत्रको मौसम बिग्रीएको अवस्था भएपनि माथिल्लो क्षेत्रमा मौसम राम्रो भएकाले आरोहण जारी रहेको छ । जेठ २ मा रोकिएको आरोहण त्यसको दुई दिन पछि ४ गते देखी खुलेको थियो ।
Discussion about this post