जेठ ६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा व्यवसाय दर्ता शिविर सञ्चालन हुने भएको छ । गत बैशाख २५ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार यही जेठ १३ गते एक दिने शिविर सञ्चालन हुने भएको हो । व्यवसायलाई व्यवस्थित र नियमन गर्ने उदेश्यले शिविर आयोजना गर्ने गाउँपालिकाले जनाएको छ ।
स्थानीय स्तरमा सञ्चालनमा रहेको होटल तथा पसल व्यवसायीहरुले स्थानीय सरकारमा दर्ता तथा नविकरण गर्नुपर्ने भएपनि पालिकामा नविकरण नगर्नेको संख्यामा वृद्धि भएको बेला पालिकाले नियमन गरी नियममा ल्याउन शिविरबाट अभियान सुरु गर्न लागेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले व्यवसायिहरुलाई विधिवत रुपमा व्यवसाय सञ्चालन गर्न नविकरण तथा दर्ता गर्न आव्ह्वान गर्नुभएको छ । उहाँले सरकारको नीति र विधिलाई पहिल्याउँदै पालिकामा अनिवार्य दर्ता तथा नविकरण गर्नुपर्नेमा जोड दिनु भएको छ ।
यो समाचार पढेर तपाँइले कस्तो महशुस गर्नुभयो ?
Discussion about this post