माघ ९, सोलुखुम्बु । ठानेखोला भिरको डढेलो तीन दिन पश्चात नियन्त्रणमा आएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ र ७ को बीचमा पर्ने ठानेखोला भिरको लागेको डढेलो बुधबार बिहान नियन्त्रणमा आएको हो । आईतबार दिउँसो दुधकोशी सामुदायिक वन क्षेत्रबाट सुरु भएको डढेलो नियन्त्रणका लागि जनप्रतिनिधी, सामुदायीक वनका प्रतिनिधी, सुरक्षाकर्मी, स्थानीयबासी लगायतको सक्रियतामा डढेलो नियन्त्रण लिइएको माप्य दुधकोशी गाउँपालिकाका कार्यपालिका सदस्य आङ्काजी शेर्पाले जानकारी दिनुभयो । डढेलो थालडाँडा कटेर खुम्बु क्षेत्रमा पर्ने सगरमाथा सामुदायिक वन क्षेत्रको भागमा आगो फैलिएको थियो ।
Discussion about this post