माघ ९, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना (कार्की) बस्नेतले महिलाको हक हितका लागी कुनै कसुर नराख्ने बताउनुभएको छ । ग्रामिण क्षेत्र विकास प्रवद्र्धन प्रा.लि. सोलुदुधकुण्ड नगरपालिका ५ सोलुखुम्बुको आयोजनामा जारी महिला जनप्रतिनिधि तथा अगुवा महिलाहरुको लागि क्षमता विकास प्रक्षिण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । आफु पालिकामा महिलाबाटै निर्वाचित भएकाले पालिका भित्रका सबै महिलाहरुलाई सक्षम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन, यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेको उहाँको भनाई छ । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले पालिकाको निति निर्माणमै महिला समावेशितालाई अवलम्बन गरि काम गरिरहेको बताउनुभयो । यता कार्यक्रमका प्रशिक्षक डा. रेणुका सोलुले महिलाहरु चुलो चौकामा मात्र सिमित नभई एक सक्षम बाटोबाट हिड्नपर्नेम जोड दिनुभयो ।
महिलामाथि कुनै न कुनै प्रकारका विभेद कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरमा महिलाको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको उहाँले उल्लेख गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा पालिका अध्यक्ष मिना कार्की बस्नेत, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई, प्रशिक्षक डा. रेणुका सोलु, प्रशिक्षक सृजना तामाङ, रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post