माघ १२, सोलुखुम्बु । सोलुखुम्बुमा हावाहुरीले घर र गोठको छानो उडाएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा निमा तेन्जिङ शेर्पाको घर तथा पेम्बा डिकि र फुर्वा नुरु शेर्पाको गोठको छानो उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ लुङ्दे स्थित ४३५० मिटरको उचाईमा रहेको निमा तेन्जिङ शेर्पाको ढुगां माटोको गारो, टिनको छानो भएको भुइ तल्ले घरको छानो हावाहुरीले उडाएको छ ।
शेर्पा अफ सिजन भएकाले घरमा कोही पनि नरहेको हाल सबै जान काठमाडौंमा बस्दै आएको थाम्बुचे बस्ने पासाङ सोना शेर्पाले ईलाका प्रहरी कार्यालय थाम्बोचेमा खबर प्राप्त हुन साथ प्रहरीको टोली खटि गई उनको भुइ तल्ले घरमा (क्याजोरी होटल एण्ड लज) रहेको १० वटा कोठाको टिनको छानो उडाएको, ५ वटा झ्यालको सिसा फुटेको र २ वटा प्लाष्टिकको डाईनिङ टेबल फुटेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
Discussion about this post