माघ १३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ४ स्थित केदार माध्यमिक विद्यालयलाई द पार्टनर्स नेपालले आर्थिक सहयोग गरेको छ । गत बिहिबार विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै करिब १३ लाख बढी आर्थिक सहयोग गरेको हो ।
यस रकमले विद्यालयको करिव २०० मिटर घेराबार, ४ वटा कक्षाकोठा (बालमैत्री) सेटअप, ग्याभिन वाल र रेलिङ सहितको सिँढी निर्माण हुने भएको छ । संस्थाका तर्फबाट भीम राई, भलाकाजी कुलुङ र विद्यालयका तर्फबाट विद्यालय व्यवस्थान समिति अध्यक्ष हेमराज कटेल र प्रधानाध्यापक लेखनाथ कटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको विद्यालयका शिक्षक तथा सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।
सम्झौता अनुसारको काम विद्यालयले निर्धारित समयमै सम्पन्न गर्ने प्रधानाध्यापक कटेलले प्रतिबद्धता व्यक्त गर्नुभएकोे छ । यसै क्रममा द पार्टनर्स नेपालले २ सेट वाटर डिस्पेन्सर समेत विद्यालयलाई हस्तान्तरण गरेको छ । सहयोग प्राप्त भए पश्चात विद्यालय परिवारले संस्था प्रति धन्यवाद व्यक्त गरेको छ ।
Discussion about this post