माघ १४, सोलुखुम्बु । भूमि समस्या समाधान आयोग सोलुखुम्बुका अध्यक्ष नातिकाजी गुरुङले पदभार ग्रहण गर्नुभएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुको सभाकक्षमा आयोजित एक कार्यक्रमका बिच उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष गुरुङले सोलुखुम्बु जिल्लामा बाँकी रहेका भूमि सम्बन्धी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थामा जोड दिने बताउनुभयो ।
जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–४ का गुरुङलाई भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा (१) को खण्ड (क) बमोजिम अध्यक्ष पदमा मन्त्रीस्तरको निर्णयानुसार नियुक्ति गरिएको थियो । सो अवसरमा जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण प्रसाद निरौलाले भूमि सम्बन्धी जटिल समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभएको छ ।
Discussion about this post