माघ १४, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका रुपाटारमा हुलाक कार्यालय स्थापना गरिएको छ । सोमबार जिल्ला हुलाक कार्यालय स्थापना भएसँगै प्रशासन शाखा प्रमुख नायव सुब्बा खिलाराज बस्नेतको उपस्थितिमा उद्घाटन गरिएको हो । नेपालको संघीय व्यवस्था अनुसार एक गाउँपालिका एक हुलाक कार्यालय रहने नीति अनुसार ताप्ली गाउँपालिकामा पनि अतिरिक्त र ईलाका हुलाकलाई गाभेर एक हुलाक कार्यालय स्थापना गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ ईनामेमा रहेको ईलाका हुलाक कार्यालय र रुपाटार, ठानागाउ र ओख्लेको अन्य अतिरिक्त हुलाकलाई गाभेर ताप्ली ५, रुपाटारमा एक हुलाक कार्यालय निर्माण गरिएको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो । यस कार्यालयमा खरिदार रहने व्यवस्था रहेकोमा हाल उक्त पदको कर्मचारी व्यवस्थापन नभएसम्म उमा देवि बिकलाई निमित्त हुलाक प्रमुख जिम्मेवारी प्रदान गरिएको प्रशासन शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
यस कार्यालय अन्तर्गत अतिरिक्त हल्करा नारायण बुढाथोकी, हल्कराहरु धन बहादुर तामाङ, एम्बर बहादुर पोखरेल र शितल बिश्वकर्मा कार्यरत रहनेछन् । उदघाटन कार्यक्रममा जिल्ला हुलाक कार्यालयबाट डिकधन कुलुङ ,सरोज बुढाथोकी र स्थानिय तहका कर्मचारी, वडाका कर्मचारी लगायत शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post