माघ १४, सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा माध्यमिक विद्यालयमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सोमबारबाट “स्वास्थ्य लागि खेलकुद राष्ट्र लागि खेलकुद ” मुलनारा साथ प्रतियोगिता सुरु भएको हो ।
सगरमाथा माध्यमिक विद्यालयको आयोजना तथा महाकुलुङ गाउँपालिकाको प्रयोजनमा आयोजित प्रतियोगिता पालिका अध्यक्ष सुर्य बहादुर कुलुङले उदघाटन गर्नुभएको छ । उक्त प्रतियोगिता सगरमाथा माविको प्राङ्गणमा १६ गते सम्म जारी रहने सहकर्मी झलक राईले जानकारी दिनुभयो ।
Discussion about this post