माघ १५, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले लेक लागेका चिनियाँ नागरिकको उद्धार गरेको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ छुकुम स्थित छुकुम होटलबाट चिनका २५ बर्षका जिछुएन्लुको प्रहरीले उद्धार गरेको हो ।
सोमबार दिउँसो ४ : ३० बजेको समयमा लेक लागी बिरामी भई अचेत अवस्थाम रहेको भन्ने जानकारी साथ प्रहरीको टोली खटि गई बिरामीलाई उद्धार गरी खुम्जुङ स्वास्थ्य चौकी पाङ्बोचेमा ल्याई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Discussion about this post