Friday, September 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फिदिममा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा

Radio Everest by Radio Everest
January 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ १५, सोलुखुम्बु । पाँचथरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती, ७५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा ‘क’ वर्गको परिचयपत्रवाहक अपाङ्गता भएकालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिकाले ‘कोखदेखि शोकसम्म’ कार्यक्रम सञ्चालनमा ल्याई यी तीन वर्गका नागरिकलाई घरबाट नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म आउन र स्वास्थ्य संस्थाबाट घर जान निःशुल्क एम्बुलेन्स सुविधा दिन थालेको हो ।

जिल्ला अस्पतालमा आई उपचार गराउन नजिकैको स्वास्थ्य संस्थाले सिफारिस गर्नुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ । नगरपालिकाको एम्बुलेन्स प्रयोग गर्दा फिदिम नगरवासी अन्यले भने १० प्रतिशत छुट पाउने नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । एकै समयमा एकभन्दा बढी स्थानबाट यी तीन वर्गका बिरामी अस्पताल जानुपर्ने भए बिरामीले अन्य एम्बुलेन्स प्रयोग गर्न सक्नेछन् । अन्य एम्बुलेन्स प्रयोग गरेबापत नगरपालिकाले भाडा उपलब्ध गराउने व्यवस्था गरिएको नगर प्रमुख काफ्लेले बताउनुभयो ।

नगरवासीको जीवनसँग सम्बन्धित महत्त्वपूर्ण घटनामा नगरपालिकाको ‘सार्थक उपस्थिति’का लागि यो कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । यस्तै नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा १० हजार मृत्यु संस्कार खर्च उपलब्ध गराउने भएको छ । नगरपालिकाले ‘विपन्नसँग नगर प्रमुख कार्यक्रम कार्यान्वयनसम्बन्धी मापदण्ड–२०८१’ स्वीकृत तथा लागू गरी यो व्यवस्था गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो । उक्त सहायता इच्छुकले मात्रै लिन सक्ने नगरपालिकाले जनाएको छ । यो व्यवस्थापछि मृत्यु दर्ता समयमै हुने पनि नगरपालिकाको अपेक्षा छ ।

Previous Post

उदयपुरमा एक पुरुषको शव फेला

Next Post

पाथीभरामा केबलकार विवाद : कोशीको पाँच जिल्लाका सांसदहरूसँग गृहमन्त्रीको संवाद

Related Posts

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
0
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
0
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
0
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
0
Next Post
पाथीभरामा केबलकार विवाद : कोशीको पाँच जिल्लाका सांसदहरूसँग गृहमन्त्रीको संवाद

पाथीभरामा केबलकार विवाद : कोशीको पाँच जिल्लाका सांसदहरूसँग गृहमन्त्रीको संवाद

Discussion about this post

Everest Highlights

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
तीजका दिन यस्तो रहनेछ मौसम

आज देशभर बदलिएको मौसम, केही क्षेत्रमा भारी वर्षा हुने चेतावनी

September 5, 2025
सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

सोताङ गाउँपालिकामा फैलिएको जंगली जनावरको आतंक नियन्त्रणका लागि अध्यक्ष बस्नेतको आग्रह

September 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025
सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

सोलुदुधकुण्ड नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन हुने

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly