माघ १६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिमा अध्यक्ष कप तथा १५ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । मंगलबार जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला र गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतद्वारा उद्धघाटन गरिएको तीन दिने प्रतियोगिता जारी रहको आयोजकले जनाएको छ । विरेन्द्रज्योती माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रतियोगितामा भलिबल पुरुष तर्फ २४ र महिला १० टिमको सहभागीता रहेको छ ।
Discussion about this post