माघ १७, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ५ स्थित सगरमाथा सामुदायिक संस्थाको भवन उद्घाटन गरिएको छ । वडा कार्यालयको आर्थिक बर्ष २०८०/८१ मा १५ लाख बजेट तथा ५२ घर दुरीले ८ लाख ३२ हजार रुपौयाँको लागतमा निमार्ण गरिएको भवनको उद्घाटन गरिएको हो ।
बिहिबार वडा अध्यक्ष महल सि राईले ब्यानर पढेर भवनको उद्धाटन गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो । यस भवन कुलुङ संस्कार, संस्कृतीको सामुहिक रहेको र लोकल डिजाइनमा २ तले भवन निर्माण गरिएका छ । यसै क्रममा चाचालुङ भित्रका संस्था/टोल स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गरिएका छ । गाउँमा मेलमिलाप आत्मीयता र स्वालम्बको लागी संस्था स्तरीय भलिबल आयोजना गरिएको हो । उक्त कार्यक्रममा वडा जनप्रतिनिधि, बुद्धिजीबी, आयोजक, प्रायोजक, स्थानीय सरकारी तथा गैरसरकारी प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post