माघ १९, साेलुखुम्बु । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ ठमेलमा आज बिहान आगलागी हुँदा रु ६५ लाख बराबरको धनमाल नष्ट भएको छ । स्थानीय ठमेलको भविश्वर शर्माको घरको दोश्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’ मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो । आगो लाग्ने बित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ ।
Discussion about this post