माघ २०, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ ले १४ जना कृषकलाई स्याउको विरुवा वितरण गरेको छ । वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ मा २ लाख बजेट विनियोजन गरी उक्त किसानहरुलाई उन्नत जातको बेर्ना वितरण गरिएको होे ।
खुम्बु पासाङल्हामु १ लाई कृषि जोन घोषणा गरिए पनि प्रभावकारी कार्यक्रमहरूको अभाव देखिएकाले किसानहरुलाई विरुवा उपलब्ध गराईएको वडा अध्यक्ष फुनुरु शेर्पाले बताउनुभयो । स्याउ खेतीले स्थानीय आत्मनिर्भरता र आयआर्जनको अवसर बढाउने उहाँले विश्वास लिनुभएको छ । साथै वडा कार्यालयले कृषि प्रवद्र्धनमा निरन्तर सहयोग गर्ने र प्राप्त बेर्नाको उचित व्यवस्थापन गरी उत्पादन वृद्धि गर्न कृषकहरुलाई आग्रह गर्नुभएको छ ।
Discussion about this post