माघ २०, साेलुखुम्बु । जापानको फुकुओका शहरमा कारको ठक्करबाट नेपाली युवाको निधन भएको छ।जनवरी ३१ तारिख बिहान, फुकुओका प्रिफेक्चरको शिमे उपत्यकामा फुटपाथमा उभिरहेका एकव्यक्तिलाई कारले ठक्कर दिएको थियो। अचेत अवस्थामा अस्पताल लगिएका उनको पछि उनकोमृत्यु भएको घोषणा गरिएको थियो।
निधन भएका युवा नेपाली भएको र उनी ३३ बर्षका रोहित चौधरी भएको प्रहरिले बताएको छ।१९ वर्षीय कार्यालय कर्मचारी कार चालकले गाडी चलाउँदा आफु निदाएको बताएको प्रहरिलेजानकारी दिएको छ।प्रहरीका अनुसार, ३१ तारिख बिहान १:०० बजेतिर फुकुओका प्रिफेक्चरको शिमे टाउनको बेप्पुकितामा प्रिफेक्चरल सडकमा फुटपाथमा उभिरहेका चौधरिलाई कारले ठक्कर दिएको थियो।
चौधरी शिमे टाउनमा बस्दै आएको र एक कम्पनीका कर्मचारी भएको समाचारमा उल्लेख छ।ठक्कर लागेपछि उनलाई कारले किचेको र कारमुनिबाट उद्वार गरेर अस्पताल लगिएको थियो।भिडियो फुटेजमा कार आउँदे गरेको र ट्राफिकमा ठोक्किएको र फुटपाथ नजिकै भेन्डिङ मेसिनकोअगाडि उभिरहेका चौधरीलाई ठक्कर दिएको देखिएको प्रहरिले बताएको छ।कारका चालक, शिमे टाउनका १९ वर्षीय जापानी पुरुष हुन। उनले गाडीचलाउँदा निदाइरहेको बताएका छन।
Discussion about this post