माघ २०, सोलुखुम्बु । हिमाल दर्शन माध्यमिक विद्यालय पूर्व विद्यार्थीले जितेको प्रथम पुरस्कार राशि सहित थप गरेर १५ हजार आगलागी पीडितलाई दिइएको छ । हिमाल दर्शन माविले आयोजना गरेको स्वर्ण महोत्सवमा आयोजित मैत्रिपूर्ण फुटबल प्रतियोगितामा पूर्व विद्यार्थी समाजको टिमले हात पारेको प्रथम पुरस्कार राशि आगलागी पीडित मुक्ति बास्तोलालाई हस्तान्तरण गरिएको हो ।
केही समय अघि आगलागीका कारण घरबास गुमाएका बाँस्तोला परिवारलाई पुरस्कार राहीको १० हजार सहित ५ हजार थ गरेर १५ हजार रकम हस्तान्तरण गरिएको हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष दिनराज बाँस्तोलाले बताउनुभयो ।
यसैबीच सोही अवसरमा आयोजित म्याराथन दौडमा प्रथम भएर पुरस्कार जित्नुभएका सन्तोष बाबु राईले पनि बास्तोलाको घरमा व्यवसाय गर्दै आएका रमेश बाँस्तोलालाई प्रदान गर्नुभएको छ । उहाँले जितेका ४ हजार रुपैयाँ पुरस्कार अग्निपीडितको पीडामा मल्हम स्वरुप प्रदान गर्नुभएको हो ।
Discussion about this post