माघ २१, साेलुखुम्बु । अण्डाको खपत बढेसँगै बजारमा अण्डाको मूल्य बढ्ने भएको छ। मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयाे ।
‘आज हामी अण्डा उत्पादकहरू बैठक बसेका थियौं,’ उहाँले भने, ‘बैठकले भोलिबाट मूल्य बढाउने निर्णय गरेको छ।’
बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। उहाँका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।
अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँ छ। भोलिबाट ठूलो अण्डा चार सय, मध्यम तीन सय ८५ र एक्स–एल अण्डा चार सय १५ रूपैयाँ पर्नेछ। यो किसानले पाउने मूल्य हो।
Discussion about this post