माघ २१, सोलुखुम्बु । सोलुुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ जुभिङमा जाम, जुस तथा अचार बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयको समन्वय र घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा सोमबारदेखि महिलालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । आगामी १५ दिनसम्म सञ्चालन हुने तालिममा २० जना महिलाको सहभागिता रहेको छ ।
सोमबार कार्यवाहक वडा अध्यक्ष बिष्णु लक्ष्मि राईको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा तालिमको उदघाटन गरिएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले जानकारी दिनुभयो । उद्घाटन कार्याक्रमा बोल्दै कार्यवाहक वडा अध्यक्ष राईले महिलाको पेसा र व्यवसायलाई टिकाउन वडा कार्यालय कटिबद्ध रहेको बताउनुभयो ।
यस्तै आजको प्रमुख अतिथि खतिवडाले महिलालाई सक्षम बनाउने उद्देश्यसहित यस्तो तालिम सुरु गरिएको जानकारी दिनुभयो । तालिम सम्पन्न भएपश्चात् व्यावसायिक रूपमा जुस तथा अचार उत्पादन गरी सोलुका बजारहरुमा बिक्री गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । तालिमका प्रशिक्षक रामेछापका खेतराज कार्कीले गाउँमा पाइने अर्गानिक उत्पादनको प्रयोगमा अचार बनाउन सकिने बताउनुभयो ।
Discussion about this post