माघ २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर २ स्थित बिपि संस्कृत माविमा स्वर्गीय हरि प्रसाद बास्तोला स्मृति अक्षयकोष स्थापना गरिएको छ । नेचासल्यान गाउँपालिका २ को (१२३) औं वार्षिकोत्सव तथा सरस्वती पुजाको अवसरमा विद्यालयका पुर्व विद्यार्थी स्वर्गीय हरि प्रसाद बास्तोलाको नाममा स्वर्गीय हरि प्रसाद बास्तोला स्मृति अक्षयकोष स्थापना गरिएको सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो ।
स्वर्गीय बास्तोला नेपाल प्रहरी कार्यरत शिलसिलामा २०६६ साल साउन ४ गते ईलाका प्रहरी कार्यलय सिराहाको धनगढीमा ३५ बर्षको उमेरमा असामहिक निधन भएको थियो । स्वर्गीय बास्तोलाकी माता जालपादेवी बास्तोलाले छोराको सम्झनामा अक्षकोषको स्थापना गरिदिनुभएको स्वर्गीय बास्तोलाका दाई कुमार प्रसाद बास्तोलाले बताउनुभयो ।
बास्तोलाले आफुले पाएको सामाजिक सुरक्षा भत्ता बचाएर २० बीस हजार १०० सय रुपौयाँको अक्षकोष खडा गर्नुभएको हो । बार्षिककोत्वस समरोहमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष सुरज केसि सि.अ.स अध्यक्ष मिलन केसि र प्रधानाध्यापक उमकान्त काफ्लेलाई जालपादेवी बास्तोलाले रकम हस्तान्तरण गर्नुभएको छ ।
Discussion about this post