माघ २४, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका वडा अध्यक्ष टङ्क बहादुर कार्कीले जन्मदिनको अवसरमा विद्यार्थीलाई कापी कलम वितरण गर्नुभएको छ । कार्कीले विहीबार जन्मदिनको अवसरमा तिङ्लामा रहेको सिंहकाली माविका विद्यार्थीलाई कपी कलम वितरण गर्नुभएको हो । माविका शिशु देखी ५ सम्मका १ सय ३२ जना विद्यार्थीलाई कापी, कलम र सिसाकलम वितरण गर्नुभएको विद्यालयले जनाएको छ ।
जन्मदिनलाई ससाना बालबालिकाको साथमा मनाउने ध्येय अनुसार आफूले सानै भएपनि विद्यार्थीहरूको सहयोगका लागी स्टेसनरी वितरण गरेको उहाँको भनाई छ । जनप्रतिनिधिको रुपमा अन्य विकास निर्माण वा सहयोग गर्न सक्ने भएपनि व्यक्तिगत रुपमा विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन होस भन्नका लागी कापी कलम वितरण गरेको उहाँको भनाई छ । उहाँले जन्मदिन वा अन्य जुनसुकै विशेष अवसरमा तामझामका साथ फजुलमा ठुलो खर्च गर्नुको सट्टा सामान्य उदाहरणीय काम गर्दा आत्मसन्तुष्टि मिल्ने सुनाउनुभयो ।
Discussion about this post