माघ २४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा हलुका सवारी चालक सम्बन्धी तालिम सम्पन्न भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४, ५ र ६ को समन्वय तथा घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा संचालन गरिएको १ महिने तालिम बिहिबार सम्पन्न भएको हो । वैदेशिक रोजगारबाट फर्किएकालाई स्वरोजगार बनाउने उदेश्यले सोलुखुम्बु ड्राईभिङ सेन्ट सल्लेरीमा तालिम संचालन गरिएको कार्यक्रम संयोजक टेक बहादुर बस्नेतले जानकारी दिनुभयो ।
गत पौष २३ गतेबाट सुरु भएको तालिममा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ फाप्लुका वडा अध्यक्ष युवास तामाङको अध्यक्षता तथा घरेलु तथा साना उद्योग कार्यालयका लेखापाल नविन राईको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो । आज नगर प्रवक्ता तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा तथा वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङको अध्यक्षतामा कार्यक्रमको समापन गरिएको जनाइएको छ ।
समापन कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष युवास तामाङको दक्ष हलुका सवारी चालक जनशक्ति उत्पादन गर्नु तालिमको उद्देश्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरुबाट दिईएको ज्ञान र सिपलाई अनुशासित भएर हासिल गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । त्यस्तै प्रमुख अतिथि फुर्वा ग्याल्जेन शेर्पाले सवारी चालक (ड्राइभिङ) तालिमले युवाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभएको छ । तीन वटै वडाका ४÷४ जनाको उपस्थिति रहेको तालिमको सहजिकरण नवराज कटुवालले गर्नुभएको थियो ।
Discussion about this post