माघ २४, सोलुखुम्बु । सोलुखुम्बुको थामेमा अवस्थित एक गुम्बाको छानो हावाले उडाइदिएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ थामेमा रहेको गुम्बाको छानो हावाले उडाएको हो । गएराती आएको बाढीले थामे गुम्बाकाे छानो उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका प्रमुख द्वारिका प्रसाद घिमिरेका अनुसार गएरात आएको हावाहुरीले थामे गुम्बाको छानामा लगाइएको ७ वटा टिको पाता उडाएको हो । छाना उडाएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय थामेबाट गएको प्रहरी टोलीले निरीक्षण गर्दा मानवीय वा पशु चौपाया क्षति नभएको पाइएको जनाइएको छ । यसअघि पनि हावाहुरीले जिल्लामा एक वटा गुम्बाको छाना उडाएको थियो भने धेरै वटा घरको छाना उडाइसकेको छ ।
Discussion about this post