माघ २९, सोलुखुम्बु । सोलुखुम्बुको एक पालिकाको एउटै वडाबाट यो बर्ष करिब २ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ रनेमका विभिन्न ठाउँबाट यस बर्ष उक्त मुल्य बराबरको सुन्तला उत्पादन भएको हो । उक्त वडाको चार वटा टोलमा व्यावसायिक रूपले सुन्तलाखेती भइरहेको छ ।
यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनेको वडा नम्बर ८ का वडा अध्यक्ष राजेश राईले जानकारी दिनुभयो । विगतका बर्षहरुमा रोग किराका कारण उत्पादनमा कमी आएको थियो, भने यस बर्ष राम्रो उत्पादनका साथै आम्दानी भएको उहाँको भनाई छ । रनेमका किसानहरुले उत्पादन गरेको सुन्तला जिल्ला भित्रका हटिया लगायत कटारी, लाहान, सिन्धुली काठमाडौं लगायतका ठाउँहरुमा बिक्री हुने गरेको छ ।
Discussion about this post