फागुन १, सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ । ६९.८ अंकसहित सोलुदुधकुण्डले जिल्लाका अरू स्थानीय तहलाई उछिनेको हो । ६८.० अंक ल्याएको थुलुङ दुधकोशी गाउँपालिका दोस्रो स्थानमा छ ।
माप्य दुधकोशी गाउँपलिका ६३.० अंकसहित तेस्रो स्थानमा छ । खुम्बु पासाङल्हामु गाउँपालिका ६०.२ अंकसहित चौथो भएको छ । यस्तै नेचासल्यान गाउँपालिका ५७.८ अंकसहित पाँचौं भएको छ । लिखुपिके गाउँपालिका ५६.२ ल्याएर छैटौं तथा ५३.४ अंक ल्याएर सातौं महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका ४९. ८ अंकसहित आठौं स्थानमा छ । कार्यसम्पादन मूल्यांकनमा आयोगले स्थानीय तहको मूल्यांकन गर्दा विभिन्न १७ सूचकलाई आधार बनाएको थियो ।
सोलुदुधकुण्ड नगरपालिका पहिलो भएपछि पहिलो भएपछि आफुहरु सेवा प्रवाह तथा विकास निर्माण प्रतिफल राम्रो आएको मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो । स्थानीय तहले आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा–नगरसभामा पेस गरे–नगरेको लगायतको सूचक राखेको थियो ।
Discussion about this post