फागुन ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला स्थित बरबोट आविमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बरडाँडा खेलकुद आयोजक समितिको आयोजनामा तीन दिन १६,१७ र १८ गते सम्म विद्यालयको खेलमैदानमा प्रतियोगिता हुने भएको हो । अन्तराष्ट्रि नियम अनुसार खेलाइने खेलका प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश : १५ हजार, १२ हजार, ९ हजार र ४ हजार रुपौयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै उत्कृष्ट हुने खेलाडीलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
Discussion about this post