फागुन ७, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान स्थित हलेसी बजारका अग्नि पीडितका लागि कोशी प्रदेश सरकारले ८ बोरा चामल लगायतका जिन्सी सामान पठाएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राहत वितरण व्यवस्थापन समितिको निर्णयअनुसार सोमबार २५ केजीको ८ बोरा चामल, ब्ल्याङकेट १० थान, रहर दाल १६ केजी, तेल ८ लिटर, नुन ८ प्याकेट र १० थान त्रिपाल पठाएका हुन् ।
प्रदेश सरकारले पठाएका सामाग्रीहरु आफूले बुझेर अग्नि पीडित प्रकाशचन्द्र गिरी र भरणशेर राईलाई दुई–दुई थान त्रिपाल दिएर बाँकी सामान आगलागीबाट बढी क्षति व्यहोरेका पदमशेर राई र ऐराख राईलाई बराबरी बाँडेर दिईएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । प्रदेश सरकारबाट आएका सामाग्रीहरु कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई पीकेले वितरण गर्नुभएको छ ।
Discussion about this post