फागुन ७, सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको स्वाभिमान नेपाली जनताले संरक्षण गरेको बताउनुभएको छ । आज प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको पूर्णकदको शालिक अनावरण गर्दै उहाँले जनताको योगदानबाट राष्ट्रको स्वाभिमान संरक्षण भएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले एक सय १६ वर्ष अगाडि जन्मिएका थुलुङले तत्कालीन भारतीय सेनाको जागीर छोडेर नेपाल क्रान्तिमा होमिएको इतिहास स्मरण गर्नुभयो । बसाहामा नारदमुनि थुलङ स्मृतिसभा हल निर्माण, संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री कार्कीले जनाए। प्रदेश नामकरणको सवालमा आएका गुनासो जायज भए पनि त्यसको समाधान कानुन र संविधानमा निर्दिष्ट रहेर गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्रदेशको समृद्धिका लागि सरकारले, फिदिम फाल्गुनन्द, सूर्योदय, तेह्रथुम सङ्खुवासभा, मुन्धुम ट्रेलजस्ता पदयात्राको विकास गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले थुलुङको योगदानको जति सम्मान गरे पनि कम हुने बताउनुभयो ।
Discussion about this post