फागनु ७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ का विद्यार्थीहरुलाई स्टेशनरीका सामाग्री प्रदान गरिएको छ । हिमालयन तारा अर्गनाईजेशन टाक्सिन्दुको आयोजना तथा तारा फाउन्डेशनको सहयोगमा विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गरिएका हो ।
वडा भित्रका सम्पूर्ण सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गरिएको हिमालयन तारा अर्गनाईजेशन टाक्सिन्दुका सचिव सुरेश खड्काले जानकारी दिनुभयो ।
उक्त संस्थाका संस्थाका अध्यक्ष छोङबा शेर्पा, उपाध्यक्ष बुद्धलक्ष्मी राई तथा सचिव खड्काको टिमनै विद्यालयमा पुगरे वडाका करिब ३०० जना विद्यार्थीलाई स्टेशनरीका सामाग्री वितरण गर्नुभएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने हिमालयन तारा अर्गनाईजेशन टाक्सिन्दुका अध्यक्ष छोङबा शेर्पाले बताउनु भएको छ ।
Discussion about this post