फागुन ८, सोलुखुम्बु । भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि माउण्ट एभरेष्ट इङ्गलिस सेकेण्डरी स्कुल बन्द गरिएको छ । सोलुुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ स्थित उक्त स्कुलमा केहि दिनबाट शिक्षक तथा विद्यार्थीमा भाइरल ज्वरो देखिएसँगै स्कुल बन्द गरिएको हो ।
निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले शिक्षक तथा विद्यार्थी बिरामी पर्न थालेपछि बिहिबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको माउण्ट एभरेष्ट इङ्गलिस सेकेण्डरी स्कुलका प्रिन्सिपल दिवस मुखियाले जानकारी दिनुभयो ।
विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै फागुन ९ गतेबाट ११ गते सम्म कक्षा बन्द गर्ने निर्णय गरेको उहाँको भनाई छ । लामो समयदेखि पानी नपर्दा धुलो र धुवाँका कारण समुदायमा रुघाखोकी फैलिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । रुघाखोकी सरुवा रोग भएका कारण हावा र हाँछ्युका माध्मबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सुरक्षित रहन चिकित्सकहरुले आग्रह गरिएको छ ।
Discussion about this post