फागनु ८, सोलुखुम्बु । कोशी प्रदेशमा सोलुखुम्बुका एक गरी एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको छ । इन्सेक कोशी प्रदेश कार्यालयले बुधवार विराटनगरमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ सार्वजनिकीकरण गर्दै एक वर्षको अवधिमा परिवारजनबाट ३४ जना महिलाको हत्या भएको जनाएको हो ।
जस्मा सोलुखुम्बुमा एक, ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, पाँचथरमा दुई, सङखुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेहृ्रथुममा तीन र उदयपुरमा सात गरी ३४ जना महिलाको परिवारजनबाटै हत्या भएको छ । इन्सेकले ५३ ओटा सूचकमार्फत गरेको विश्लेषणका आधारमा सन २०२३ मा ३३ दशमलव ३२ प्रतिशत मानव अधिकार उल्लङ्घन सूचकाङ्क रहेकोमा सन २०२४ को कोशी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ ।
यस वर्ष कोशी प्रदेशमा राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई जना, कुटपिटका घटनामा चार जना, कुटपिटबाट घाइते एक जना, गोली प्रहारबाट घाइते तीन जना, धारिलो हतियार प्रहारबाट ११ जना, झडपमा प्रहरीको लाठी प्रहारबाट ६ जना घाइते भएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनुभयो ।
Discussion about this post