फागुन ११, सोलुखुम्बु । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका छन्।
आजको खेल फाइनल नभएपनि फाइनल भिडन्त जस्तै हुने अपेक्षा गरिएको छ। नेपालले कीर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै उपाधि नजिक पुगेको हो भने म्यानमारले कीर्गिस्तानलाई ५–० र लेबनानलाई ३–१ गोलले हराएको छ। एएफसी महिला एसियन कप र फिफा विश्वकप लक्षित प्रतियोगिताको उपाधि भिडन्त भने फागुन १४ हुनेछ।
Discussion about this post