फागुन ११, साेलुखुम्बु । माप्यदूधकोशी गाउँपालिका वडा नम्बर ७ मा रहेको हिमालयन माध्यमिक विद्यालयको ५६ औँ वार्षिक उत्सव आज मनाइदैछ । यस कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष गौरव राई, विशिष्ट अतिथि सोही वडाका वडा अध्यक्ष सजुगित राईको उपस्थिति रहेको छ ।
यस्तै, विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर राईको सभापतित्वमा वार्षिक उत्सव मनाइरहेको सहकर्मी देवी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
विद्यालयका प्रध्यानाध्यापक नवराज राईले ५६ औँ वार्षिक उत्सव मनाएको अवसरमा अझै विद्यालयको शैक्षिक गुणस्तरमा थप योगदान दिने कुरामा जोड दिनु भएको छ। उक्त कार्यक्रम विभिन्न साँस्कृतिक कार्यक्रम तथा खेल खेली भव्यताका साथ मनाइरहेको छ ।
कार्यक्रमा अतिथिहरु सहित विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको उपस्थिति रहेको छ ।
Discussion about this post