Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशी प्रदेशमा अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व

Radio Everest by Radio Everest
February 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १२, सोलुखुम्बु । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिमा लक्ष्य अनुसार राजस्व सङ्कलन गरेको छ । चालु आवमा चार अर्ब ५८ करोड रुपियाँ राजस्व आम्दानी हुने अनुमान गरेकोमा अर्धवार्षिक अवधि माघ मसान्तसम्म ५० प्रतिशतभन्दा बढी दुई अर्ब ४५ करोड रुपियाँ आम्दानी गरेको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले जानकारी दिनुभयो ।

प्रदेशको आर्थिक अवस्थाबारे मन्त्री रानाले कोशी प्रदेश सभालाई जानकारी गराउँदै राजस्व आम्दानी अझ बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले भ्यु टावर, पार्क, रिफ्रेसमेन्ट सेन्टर जस्ता आयोजनालाई निजी क्षेत्रसँग साझेदारी गरेर राजस्व आम्दानी गर्ने आधार बनाउनुपर्ने बताउनुभयो । यस्तै कोशी प्रदेशले चालु आवको छ महिनामा २८.४ प्रतिशत बजेट खर्च गरेको छ । सरकारले पुँजीगततर्फ भने १९.४ प्रतिशत मात्र बजेट खर्च भएको जानकारी उहाँले दिनुभयो ।

यद्यपि यो खर्च गत आव २०८०/८१ को सोही अवधिको तुलनामा बढी हो । गत वर्षको यस अवधिमा कुल बजेट खर्च २५.१ प्रतिशत भएको थियो भने पुँजीगत खर्च १७.३ प्रतिशत मात्र थियो । चालु आव २०८१÷८२ मा कोशी प्रदेश सरकारले विनियोजन गरेको ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँ बजेटमध्ये अहिलेसम्म १० अर्ब दुई करोड २८ लाख रुपियाँ खर्च गरिसकेको छ । जसमध्ये पुँजीगततर्फ तीन अर्ब २१ करोड तीन लाख र चालुतर्फ चार अर्ब ९७ करोड ६० लाख रुपियाँ खर्च गरिसकेको छ ।

गत वर्ष प्रदेशलाई प्राप्त भएको समपूरक, ससर्त र विशेष अनुदानको रकम खर्च नभई बचत भएको एक अर्ब ९६ करोड ८८ लाख रुपियाँ सङ्घीय सञ्चित कोषमा फिर्ता गरी सरकारले त्यसलाई चालु खर्चमै समावेश गरेको छ । कोशी प्रदेश सरकारले गत वर्षको तुलनामा सङ्घबाट प्राप्त हुने अनुदान रकम घटेर प्राप्त भएको जनाएको छ । समीक्षा अवधिमा अनुदान आय लक्ष्यको ४६.२ प्रतिशत मात्र रहेको छ । यस पटक पनि करिब २५ प्रतिशत अनुदान कटौती हुने र त्यसले चालु वर्षमा विभिन्न योजना र कार्यक्रममा विनियोजन भएको बजेटले ती कार्यक्रम सम्पन्न गर्न सक्ने अवस्था नहुने मन्त्री मगरले प्रदेश सभालाई जानकारी गराउनुभयो ।

उहाँले चालु आवमा ३५ अर्ब २७ करोड ९३ लाख रुपियाँको बजेट प्रस्तुत गरेकोमा ३० अर्ब ४७ करोड रुपियाँ मात्र आम्दानी हुने संशोधित अनुमान प्रस्तुत गर्नुभयो । त्यसबाट झन्डै पाँच अर्ब बराबरका विकास योजना सञ्चालन गर्न सक्ने अवस्था नरहेको र विपत्बाट भएको क्षति पुनर्निर्माणका लागि पनि प्रस्तुत योजना कटौती गरेरै काम गर्नुपर्ने भएकाले प्रदेश सरकारलाई स्रोतको अधिक चाप परिरहेको मन्त्री मगरले जानकारी दिनुभयो ।

Previous Post

न्यूनतम रोजगारीमा संलग्न हुन निवेदन दिन बराहपोखरी गाउँपालिकाको आह्वान

Next Post

एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

Related Posts

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
0
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
0
Next Post
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026
ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

ताप्ली गाउँपालिकाले ल्यायो ४१ करोडभन्दा बढीको बजेट, शिक्षा–स्वास्थ्यलाई प्राथमिकता

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly