फागुन १२, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ओखलढुंगाबाट २२ सय बढी विद्यार्थीहरु सामेल हुने भएका छन् । आगामी चैत ७ गतेबाट सञ्चालन हुने एसईईमा जिल्लाबाट नियमित र ग्रेडवृद्धि गरी २२ सय बढी विद्यार्थी सामेल हुने भएका हुन् ।
यस बर्षको (एसईई) परिक्षाका लागि जिल्लामा १७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुगांले १७ केन्द्र तोकेको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख भरत बहादुर भट्टराईले जानकारी दिनुभयो ।
इकाईको बैठकले परिक्षामा विद्यार्थीको सहजताका लागि गत वर्षमा १७ वटा केन्द्र निर्धारण गरेको थियोे सोहि केन्द्रलाई यस वर्ष पनि निरन्तरता दिएको प्रमुख भट्टराईको भनाई छ । १७ वटै केन्द्रमा जुन माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ, सोही विद्यालयका प्रधानाध्यापक स्वत केन्द्राध्यक्ष चयन भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
Discussion about this post