फागुन १२, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन जापान सरकारको सहयोगमा निर्माण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले भवन निर्माण गरी हस्तान्तरण गर्नुभएको हो ।
जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) को अनुदान सहायताअन्तर्गत करिब ८५ लाखको सहयोगमा उक्त भवन निर्माण गरिएको हो । उक्त विद्यालय सो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहीआएको छ । सो विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ ।
Discussion about this post