फागुन १२, सोलुखुम्बु । छोराको जन्मदिनको अवसरमा खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ५ स्थित थर्पु डाँडा माध्यमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरीका सामाग्री वितरण गरिएको छ ।
सोमबार थुर्पुडाँडा माविमा कक्षा ९ मा अध्ययनरत छात्र विश्व राईको जन्मदिनमा बुबा देवन राई र आमा बालकुमारी राईले स्टेशनरीका सामाग्री वितरण गर्नुभएको हो । अनावश्यक खर्च गरेर छोराको जन्म दिन मनाउनुभन्दा आफ्नै विद्यालयको बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको देवन राईले बताउनुभयो ।
उक्त विद्यालयका बालबिकास केन्द्र देखि कक्षा ३ सम्मका करिब ४८ जना विद्यार्थीहरुलाई उक्त सामाग्री वितरण गर्नुभएको थर्पु डाँडा माध्यमिक विद्यालयका प्रधानध्यापक ज्ञानु राईले जानकारी दिनुभएको छ ।
Discussion about this post