Saturday, August 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालले दियाे माप्य दुधकोशीका विद्यालय सुशासन तथा समावेशी शिक्षा सम्बन्धी तालिम

Radio Everest by Radio Everest
February 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा विद्यालय सुशासन तथा समावेशी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वयमा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि विद्यालय सुशासन, व्यवस्थापन तथा समावेशी शिक्षासम्बन्धी दुई दिने नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको हो ।

तालिममा माप्य दुधकोशी गाउँपालिकामा रीड नेपालले कार्यक्रम संचालन गरिरहेका विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघ महिला सदस्यहरु गरी ३० जनाको सहभागिता रहेको थियो । हिमालय मावि बासामा संचालित तालिममा उद्घाटन सत्र रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रम मंगलबार पालिकाका उपाध्यक्ष गौरब राईको प्रमुख आतिथ्यतामा समापन गरिएको आयोजकले जनाएको छ ।

उद्घाटन सत्रमा बोल्दै पालिकाका अध्यक्ष बुद्धिकिरण राईले विद्यालय सुधारमा विव्यस, शिअ संघको महत्त्वपूर्ण जिम्मेवारी हुने बताउदै तालिममा सक्रिय भएर सिक्न अनुरोध गर्नुभएको थियो । यस्तै पालिकाले शिक्षा क्षेत्रलाई महत्त्वपूर्ण लिएको पालिकाको शैक्षिक गुणस्तर सुधारमा रीड नेपालको अतुलनीय योगदान रही आएको भन्दै तालिम आयोजनाको लागि धन्यवाद दिनुभयो । यता पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रसाद भटराईले विद्यालय सुधारका लागि सुशासन व्यवस्थापन तथा समावेशी शिक्षा आफैमा अत्यन्तै महत्त्वपूर्ण शिर्षक भएको भन्दै तालिम आयोजक लाई धन्यवाद दिनुभएको छ ।

समापन कार्यक्रममा तालिममा सहभागीहरुको तर्फबाट बोल्दै चन्द्रोदय आवि ठुलढुंगाका विव्यस अध्यक्ष नौवीर राईले आफुले निकै महत्त्वपूर्ण ज्ञान आर्जन गरेको भन्दै सिकेका कुरा विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै रामपुर माविका विव्यस सदस्य विसुमाया राईले तालिमबाट धेरै नयनौला विषयवस्तु थाहा भएको भन्दै कार्यन्वयनमा जोड दिने बताउनुभयो । कार्यक्रममा पालिकाका उपाध्यक्ष गौरब राईले विव्यस तथा शिअ संघका सदस्यहरु शैक्षिक क्षेत्रको नेतृत्व भएकोले विद्यालय सुधारमा महत्त्वपूर्ण योगदान र भूमिका हुने भन्दै आफ्नो कर्तव्यलाई बहन गर्न आग्रह गर्नुभयो ।

त्यस्तै रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले विद्यालयको सुधारको निम्ति सरोकारवाला सबैको उत्तिकै जिम्मेवारी हुने भन्दै महत्वपूर्ण खम्बाको रुपमा विव्यस तथा शिअ संघ रहने हुँदा उँहाहरुलाई पनि तालिमको आयोजना गरेको बताउनुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न अनुरोध गर्दै सकारात्मक र सहकार्य गरेर विद्यालयमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको काम कर्तव्य र अधिकार, समावेसी शिक्षाको महत्त्व, विद्यालय सुशासन, नेतृत्व, स्रोत व्यवस्थापन, विद्यालय सुरक्षा, गुनासो सुनुवाई संयन्त्र तथा विपत जोखिम न्यूनीकरण, द्वन्द व्यवस्थापन र कार्ययोजना निर्माण लगायतका विषयवस्तु समेटिएको आयोजकले जनाएको छ ।

तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, शिक्षा विकास अधिकृत विष्णु प्रसाद उपाध्याय, फिल्ड अधिकृत निमा शेर्पाले गर्नु भएको थियो । तालिम लिए पछी सहभागीहरुले आफुले धेरै कुरा सिकेको भन्दै रीड नेपाललाई धन्यवाद दिदै सिकेका कुराहरु विद्यालयमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Previous Post

चन्द्रावती माविमा सकियो हाजिरी जवाफ प्रतियोगिता, चन्द्रावती मावि प्रथम

Next Post

आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजा गरिँदै

Related Posts

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
0
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
0
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
0
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
0
Next Post
आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजा गरिँदै

आज महाशिवरात्रि पर्व, भगवान शिवको पूजा गरिँदै

Discussion about this post

Everest Highlights

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

August 15, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

August 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

ओखलढुंगामा भरुवा बन्दुकसहित एक जना पक्राउ

August 15, 2026
सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

August 15, 2026
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

August 15, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly