फागुन १४, साेलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा किसोरी भेटघाट कार्यक्रम गरिएको छ । इको हिमाल नेपाल र महाकुलुङ गाउँपालिकाको साझेदारीमा सञ्चालित लैङ्गिक मैत्री हिमालय विद्यालय परियोजना अन्तर्गत गाउँपालिकाका ४ वटा विद्यालयका किशोरीहरुलाई भेटघाट गरिएको छ । इको हिमालले गत ८ गते देखी १३ गते सम्म उक्त विद्यालयका किशोरीहरूलाई भेटघाट गरिएको जनाइएको छ । महाकुलङ गाउँपालिकाको छेस्काम मावि छेस्काम, गुदेल मावि गुदेल, सगरमाथा मावि बुङ र जनसुधार माविका किशोरीहरूलाई भेटघाट कार्यक्रम सम्पन्न भएको हो । किशोरीहरूको क्षमता अभिवृद्धि गरि उनीहरूको शैक्षिक आर्थिक, सामाजिक, राजनैतिक लगायत विषयमा पुरुष सरह सक्षम बनाई अधिकार सम्पन्न बनाउनका लागी इकाे हिमालले विद्यालयहरूमा यो कार्यक्रम गर्दै आएको सहकर्मी झलक राईले बताउनुभयो । किशोरी भेटघाट कार्यक्रम सम्बन्धित वडा अध्यक्षको अध्यक्षतामा भएको थियो भने गाउँपालिकाका १० माविका १ सय ७ बढी किशोरीहरूले महिनावारी, लैङ्गिक हिंसा, बालविवाह लैङ्गिक समानता लगायत विषयमा नाटक, कविता तथा कथा जस्ता रचना समेत प्रस्तुत गरेका थिए ।
माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु
फागुन १४, सोलुखुम्बु । सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी...
Discussion about this post