फागुन १४, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका ५ स्थित थर्पुडाँडा माविका विद्यार्थीहरुलाई ऐतिहासिक केपिलासगढी दरबार क्षेत्र भ्रमणमा लगिएको छ । बुधबार विद्यालयको करिब ६० जना विद्यार्थीहरुलाई केपिलासगढी दरबार क्षेत्रको प्रत्यक्ष अवलोकन र जानकारी प्राप्त गराउने उदेश्यले विद्यार्थीहरुलाई भ्रमणमा लगिएको हो ।
किरात ऐतिहासिक स्थल केपिलासगढी १८३० सालसम्म किराँती राजा निगुहाङले शासन गरेको प्रमाण भेटिएको सो गढी तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा अमरसिंह थापा नेतृत्वको सैन्य टोलीले कब्जा गरेको इतिहास छ ।
यस अध्ययन भ्रमणलाई उपलब्धीमुलक बनाउनका लागि कालिका जनजागृति आधारभूत विद्यालयका प्रध्यानाध्यापमा लब कुमार दुमी राईले सहजिकरण गर्नुभएको थर्पुडाँडा माविका प्रध्यानाध्यापक ज्ञानु राईले जानकारी दिनुभयो ।
Discussion about this post