फागनु १४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ पत्तालेमा भिषण डढेलो लागेको छ । बुधबार दिउँसो २ ः १० बजेको समयमा पत्ताले स्थित जगंलमा भिषण डढेलो लागेको हो । डढेलो लागेको जानकारी पाउना साथ प्रहरी चौकी केरुङबाट प्रहरीको टोली खटिगई स्थानीयबासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । डढेलो लाग्नुका कारण भने खुल्न सकेको छैन् । तत्काल बस्ती भेट्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
नेपाली महिला फुटबलको उपाधि सपना अधुरै
फागुन १४, सोलुखुम्बु । फोर नेशन्स अन्तरराष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि म्यान्माले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आज साँझ भएको फाइनलमा...
Discussion about this post