Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङका अध्यक्ष राईले गरे बोगल तामाङ सेवा समाजको भवन उद्घाटन

Radio Everest by Radio Everest
February 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ मा नवनिर्मित बोगल तामाङ सेवा समाजको भवन उद्घाटन गरिएको छ । स्थानीय सरकारको सहयोगमा निर्माण भएको उक्त भवनको गाउँपालिका अध्यक्ष असिम राईले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । समाजका अध्यक्ष आसमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भवन निर्माणका लागि करिब ११ लाख खर्च भएको आयव्याय सार्वजनिक समेत गरिएको छ ।

स्थानीय सरकारले नागरिकको सामान्य तर महत्वपूर्ण समस्या समाधान देखी गौरवको योजना समेत संचालन गरेर इतिहास कायम गरेको भन्दै स्थानीयबासीले धन्यवाद ज्ञापन गरेका छन् । स्थानीयको तर्फबाट निरकुमार तामाङ र कविता तामाङले मन्तव्य राख्दै अन्य स्थानीय सरकारको भन्दा थुलुङ दुधकोशीमा अनुभुती हुने गरि काम भइरहेको बताउनुभयो । कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले वडा भित्रको सबै जातजाति, भाषाभाषी तथा भूगोल समेट्ने गरि विकासको खाका बनाएर काम गरिरहेको र त्यसमा स्थानीय नागरिकको सहयोग उत्तिकै प्राप्त भएको प्रति धन्यवाद दिनुभयो ।

आफ्नो कार्यकालमा अघिल्लो कार्यकालमा सुरु भएको तर पूरा नभएको योजना पूरा गर्दै नयाँ कार्यक्रम समेत जारी राखेको बताउनुभयो । वर्थिङ सेन्टर स्थापना देखि विद्यालय भवन निर्माण, सडक सोलिङ देखि आवश्यकताका आधारमा नयाँ ट्र्याक खोल्ने सम्मको कार्य गरिरहेको भन्दै उहाँले आफ्नो कार्यकालमा एकघर एक धारा अभियान पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकलाई केन्द्रमा राखेर विकास निर्माणको कार्य गरिरहेको भन्दै नागरिकले त्यसमा सहयोग गरिरहेको बताउनुभयो । नेले–मुक्ली र नेले काङ्गेल सडक कालोपत्रको कार्य सुरु भएको भन्दै अध्यक्ष राईले नेले–बोगल– बुढिडाडा सडक कालोपत्रको काम पनि तत्काल सुरु हुने बताउनुभयो ।

स्थानीयले राखेको जायज माग पूरा गर्ने भन्दै अध्यक्ष राईले नागरिकको सहभागीता बिनाको बिकास अधुरो र अपुरो हुने भएकाले थुलुङ दुधकोशी सरकार यसमा सचेत रहेको बताउनुभयो । कार्यक्रमका सभाध्यक्ष आसमान तामाङले वडा र पालिकाका नेतृत्वले गरेको विकास प्रशंसायोग्य रहेको प्रती सबै जानकार रहेकाले भ्रमको पछाडी नकुदिकन सकारात्मक सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । थुलुङ दुधकोशी पालिकाको जति बिकास अन्यत्र कतै नभएको भएपनि बिकास विरोधिले केही भ्रम फैलाउन खोजेको भन्दै उहाँले त्यसको प्रतिकार जनताले गर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा जग्गा दाता तथा सहयोग गर्ने सबैलाई सम्मान–पत्र सहित सम्मान गरिएको छ ।

Previous Post

जिम्बिर जोडेनी सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी

Next Post

नेपाली महिला फुटबलको उपाधि सपना अधुरै

Related Posts

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
0
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
Next Post
नेपाली महिला फुटबलको उपाधि सपना अधुरै

नेपाली महिला फुटबलको उपाधि सपना अधुरै

Discussion about this post

Everest Highlights

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

सोलुमा वन्यजन्तुबाट क्षति व्यहोरेका पीडितलाई चार लाखभन्दा बढी राहत

October 4, 2026
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly